काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरियन्टको संक्रमणबाट वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा. आइएल आचार्यको निधन भएको छ। स्टार अस्पतालमा उपचाररत डा। आचार्यको आज बिहान करिब ३ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। कोरोना संक्रमण पुष्टि भएपछि ८३ वर्षे डा. आचार्य वैशाख १८ गते भर्ना हुनुभएको थियो ।
उहाँको फोक्सोमा ७५५ निमोनिया भइसकेको भएपनि अस्पतालमा भर्ना भएपछि निरन्तर उपचारपछि स्वास्थ्यमा सुधार हुँदै गएको भएपनि पुनः एक्कासी स्वास्थ्यमा समस्या आएर मृत्यु भएको अस्पतालका मेडिकल डाइरेक्टर डा। शैल रुपाखेतीले बताउनुभयो ।
‘वैशाख २९ गते कोरोनाको रिपोर्ट नेगेटिर्भ भएपछि उहाँलाई नरमल आइसीयूमा राखेर उपचार गरिएको थियो, तर अचानक स्वास्थ्य अवस्था बिग्रदै गएर उहाँको आज निधन भएको हो, उहाँले भन्नुभयो ।’ डा. आचार्यले कोरोना खोपको पहिलो डोजसमेत लगाउनुभएको थियो ।