महामारी नियन्त्रण गर्न सबै शक्ति परिचालन गरि क्वीक रेस्पोन्स टिम बनाउनुस्: प्रधानमन्त्री ओली
  • CIA Khabar

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीसीएमसीको बैठकमा क्वीक रेस्पोन्स टिम बनाउन आग्रह गर्नुभएको छ । आज सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले हर हालतमा नागरिकको ज्यान बचाउने काममा लाग्न सबैलाई आग्रह गर्नुभएको हो ।

    त्यस्तै प्रधानमन्त्री ओलीले पैसाको अभावले कसैको ज्यान जान नहुँने भन्दै त्यस्तो अवस्था आउन नदिन सबैलाई निर्देशन दिनुभयो । सरकारले नयाँ भेरियन्टसहितको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्तिलाई आफ्नो क्षमता अनुसार प्रयोग गर्ने निर्णय गरेको हो । बैठकमा देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय भएको छ ।

    त्यस्तै कोभिडविरुद्धको खोप तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको र देशभित्रका सबै अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने निर्णय बैठकमा भएको छ । यसैगरी बैठकमा लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने पनि निर्णय गरिएको छ ।

  • २ जेष्ठ २०७८, आईतवार १६:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images