एमालेभित्रको बिवाद मिल्छ : प्रधानमन्त्री अ‍ेली
  • CIA Khabar

  • काठमाडौं । एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा देखिएका विवाद समाधान हुने प्रष्ट पार्नुभएको छ । एमाले नेता माधवकुमार नेपालसँग सिंहदरबारमा आज भएको बार्ता र कार्यदल गठनपछि प्रधानमन्त्री ओलीले पार्टी मिल्ने बताउनु भएको हो ।

    ‘पार्टी मिल्छ,’ पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो । बरिष्ठ नेता नेपाल समुह एमालेभित्र गत फागुन २८ का निर्णय फिर्ता लिएर पार्टीलाई २०७५ जेठ २ कै संरचनाअनुसार अगाडि बढाउनु पर्ने अडानमा रहेको छ भने अध्यक्ष ओलीले डढेलोपछि पलाएको पालुवा मास्न नसकिने बताउँदै आउनु भएको छ । यद्यपी नेताहरुबीच २०७५ जेठ २ कै आसपासमा रहेर मध्यमार्गी बाटो अपनाउने सहमति जुटिसकेको छ ।

    एमालेभित्रको बिवाद समाधानका लागि अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच आज भएको बार्ताबाट १० सदस्यीय कार्यदल गठन भएको छ । प्रधानमन्त्री ओलीले अध्यादेशबाट बजेट नआउने जानकारी पनि दिनुभयो । ‘प्रतिनिधि सभा जीवितै छ’ भन्दै उहाँले बजेट अध्यादेशबाट नआउने प्रष्ट पार्नुभएको हो । नेपालको संबिधानमा जेठ १५ गते बजेट ल्याउनु पर्ने अनिवार्य ब्यवस्था छ ।

  • २ जेष्ठ २०७८, आईतवार २२:४३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images