मदनसगँ विताएका ती दिनहरु म कहिल्यै विर्सन सक्दिन: ईश्वर पोखरेल

जननेता भण्डारीसितको चौध वर्ष १० महिनाको लामो र निरन्तरको सम्बन्ध र सहकार्य तथा मित्रता र सानिध्यतामा अत्यन्त विश्वास, आत्मियतामा एउटै कमिटीका सदस्य र सहयोद्वा कमरेडको रुपमा बिताएँ । मदनसित विताएका ती दिनहरु मेरो राजनीतिक जीवनमा अत्यन्त महत्व राख्ने प्रेरणादायी दिनहरु हुन्, जसलाई म कहिल्यै विर्सन सक्दिन

  • CIA Khabar

  • जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई अकल्पनीय दुर्घटनाबाट गुमाएको आज २८ बर्ष पुगेको छ । स्व. नेताद्वय भण्डारी र आश्रितको २८औं स्मृति दिवसका अवसरमा हार्दिक श्रद्वाञ्जली अर्पण गर्न चाहन्छु ।

    भूमिगत राजनीतिदेखि खुल्ला राजनीतिसम्म आइपुग्दा जननेता भण्डारीले नेपालको बाम र लोकतान्त्रिक आन्दोलनमा शिखर स्थान बनाउन सफल बन्नुभएको थियो । २०४७ सालमा नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको माक्र्सवादी समूहका बीचमा एकीकरण गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । दुई अलग धार, पृष्ठभूमि र वैचारिक मान्यता लिएर अघि बढेका कम्युनिष्ट समूहहरूका बीचमा एकता गर्नु अत्यन्त जिम्मेवारीपूर्ण काम थियो । यी दुई पार्टी एकीकृत भएर नेपालको कम्युनिष्ट आन्दोलनमा इतिहास र उर्जाको सम्मिश्रण बनेको थियो । छरिएका वाम पार्टीहरूलाई गोलवन्द गर्न तथा लोकतन्त्र पक्षधर गैरवाम शक्तिहरुसँग कार्यगत एकता गरी त्यही संयुक्त शक्तिका बलमा मुलुकमा राजनीतिक परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यता र निष्कर्षका आधारमा तत्कालिन माले पार्टीले २०४६ सालको संयुक्त जनआन्दोलनमा महत्वपूर्ण र निर्णायक भूमिका खेल्न सफल भएको थियो ।

    बैचारिक रुपमा प्रखर नेता भण्डारी कम्युनिष्ट आन्दोलनभित्रको व्यक्ति मात्र नभएर नवीन विचार प्रतिपादक तथा अगुवा प्रतिनिधि र सशक्त आन्दोलनको वाहक पनि रहनु भयो । जननेता भण्डारीले हामीलाई छाडेर जानु भए पनि उहाँले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’बाट हामी मार्गनिर्देशित छौं । वर्तमान राजनीतिक परिवेशमा उहाँले स्थापित गर्नुभएको विचार झनै सान्दर्भिक र समयसापेक्षित बन्दै गइरहेको छ । त्यसैले हामीले उहाँलाई भावनात्मक हिसाबले मात्र कदापि बुझ्नुहुँदैन् । उहाँलाई एउटा व्यक्तिलाई बुझ्ने जस्तो मात्र कुरा भन्दा पनि यो त आन्दोलनलाई र कम्युनिष्ट आन्दोलन भित्रका सही विचारको विकास क्रमलाई कसरी वुझ्ने वा वुझ्नुपर्छ भन्ने विषय पनि हो ।

    जननेता मदन भण्डारीको नेतृत्वमा तत्कालिन समयमा पार्टीले चलाएको अभियानले नेकपा ९एमाले० एउटा नयाँ र उदीयमान शक्तिका रुपमा स्थापित भएको थियो । त्यही जगमा नेकपा ९एमाले० आज जनतामा लोकप्रिय पार्टीका रुपमा स्थापित छ । उहाँले नै वहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतान्त्रिकरणको मान्यतालाई अघि सारेर माक्र्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यतालाई अघि सार्नुभएको थियो ।

    २०३५ असार आखिरीमा पहिलोपटक मेरो उहाँसँग भेट भएको थियो । तर, २०५० साल जेठ १ गते बिहान साढे आठ बजेपछि उहाँ कहिल्यै नभेटिने गरी हामीबाट बिदा हुनुभयो । जननेता भण्डारीसितको चौध वर्ष १० महिनाको लामो र निरन्तरको सम्बन्ध र सहकार्य तथा मित्रता र सानिध्यतामा अत्यन्त विश्वास, आत्मियतामा एउटै कमिटीका सदस्य र सहयोद्वा कमरेडको रुपमा बिताएँ । मदनसित विताएका ती दिनहरु मेरो राजनीतिक जीवनमा अत्यन्त महत्व राख्ने प्रेरणादायी दिनहरु हुन्, जसलाई म कहिल्यै विर्सन सक्दिन ।

    हार्दिक श्रद्वाञ्जली जननेता मदन भण्डारी १ हार्दिक श्रद्वाञ्जली कुशल नेता जीवराज आश्रित १ प्रिय कमरेड, तपाईंहरु सँधै हाम्रो स्मरणमा रहिरहनुहुनेछ ।

    ईश्वर पोखरेल

    (एमाले महासचिव तथा उपप्रधानमन्त्री पोखरेलले जारी गर्नुभएको बिज्ञप्तीबाट)

  • ३ जेष्ठ २०७८, सोमबार १०:११ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images