काठमाडौं । सरकारले खरिद गरेको १ लाख ५५ हजार एन्टीजेन किट नेपाल ल्याइएको छ ।
यूनिसेफको सहकार्यमा सरकारले कोरियाबाट उक्त किट ल्याएको हो । नेपालमा कोभिड–१९ परीक्षण गर्न किट ल्याइएको हो ।
किटबाट परीक्षण हुँदा द्रुत रिपोर्ट आउने हुँदा यसले छिटो र समयमा नै उपचार गर्न मद्दत पुग्दछ ।