नवलपुर । पूर्वी नवलपरासी जिल्लामा १० दिन निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएममसी) को शोमबार बसेको वैठकले १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ । निषेधाज्ञा जेठ १४ गते राति १२ बजेसम्म लागु हुनेछ । यसअघि जेठ ४ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
त्यसैगरी, बैंकहरु आलोपालो गरेर खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।
तरकारी तथा खाद्य सामग्री खरिद गर्ने बाहनामा घरबाट निस्कने मानिसहरुले संक्रमण फैलाएको भन्दै नवलपुरमा तरकारी तथा खाद्य सामग्री पसल पनि निश्चित समयका लागि मात्र खोल्ने निर्णय भएको छ ।
त्यसैगरी, कोभिड १९ नियन्त्रणका लागि जनस्तरबाट भएको सहयोगहरु जिल्ला स्तरको विपद् व्यवस्थापन समिति मार्फत एकद्वार प्रणालीमार्फत हस्तान्तरण गर्नुपर्ने निर्णय भएको छ ।