काठमाडौँ । नेपाल वायुसेवा निमगको वाइडबडी जहाले आइतबार र र सोमबार गरि थप ९७५ वटा अक्सिजन सिलिण्डर चीनको राजधानी बेइजिङबाट काठमाडौं ल्याएको छ ।
यससँगै अब चीनबाट कुल १ हजार ३७५ वटा सिलिण्डर नेपाल आएका छन् । नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार यो तीन उडानबाट नेपाल ल्याइएको हो ।
यस्तै, १७५ थान अक्सिजन कन्सनट्रेटर समेत नेपाल आएको छ । नेपाल वायुसेवा निगमको जहाजले आज र भोलि पनि बेइजिङ उडान गर्दैछ । ती दुई उडानबाट समेत थप सिलिण्डर नेपाल ल्याइने उनले जानकारी दिए ।
उनले अब सिलिण्डरभन्दा अक्सिजन जेनेरेटरको आवश्यकता रहेको उल्लेख गर्दै निगमको जहाजले जेनेरेटर समेत बोक्न सक्ने जानकारी समेत गराएका छन् ।
नेपाल एयरलाइन्सको जहाजले चीन सरकारले अनुदानमा दिएका सिलिण्डरहरु नेपाल ल्याएको हो । यसअघि निगमको जहाजले ओमानको राजधानी मस्कटबाट समेत ५६० थान अक्सिजन सिलिण्डर नेपाल ल्याएको थियो ।