स्वास्थ्यकर्मीसहित गृहजिल्ला पुगे नेता श्रेष्ठ
  • CIA Khabar

  • गोरखा । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमण बढ्दै गएको भन्दै नागरिकलाई सहयोग गर्ने उद्देश्यले सोमबार स्वास्थ्यकर्मीको टोलीसहित गृहजिल्ला गोरखा पुगेका छन् । जिल्लाको विभिन्न ठाउँहरुमा कोभिड संक्रमण विस्तार भैरहेको र कोभिड हट स्पट बन्दै गैरहेको स्थितिमा आफू गोरखा आएको उनको भनाइ छ ।

    चिकित्सक ,ल्याब टेक्निसियन र अन्य केही स्वयंसेवकको टोली सहित जिल्ला आएको बताउँदै उनले टोलीले केही लक्षण देखापरी शंकास्पद रहेका र कोभिड बिरामीसँग घनिभूत सम्पर्कमा रहेकाहरुको तत्काल एन्टिजेन टेष्ट गर्ने, बिरामीहरुको परीक्षण गर्ने, आवश्यक परामर्श एव्ं तत्काल सम्भव हुने औषधी दिने काम गर्ने श्रेष्ठले बताए ।

    यस्तै स्वास्थ्य संस्थाहरुलाई केही स्वास्थ्य सामाग्री हस्तान्तरण र स्थानीय सरकारका जनप्रतिनिधि एवं स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग कोभिड केन्द्रीत छलफल समेत जिल्ला बसाइका क्रममा गरिने श्रेष्ठले बताए ।

    यसअघि गृहजिल्ला जाँदा सिसिएमसीको बैठक, पालिकाका स्वास्थ्य कोर्डिनेटरहरु सँगको सामूहिक छलफल र गोरखा अस्पतालको स्थितिबारे जानकारी लिएको स्मरण गर्दै उनले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभाग समेतको सहयोगमा गोरखा अस्पतालसहित जिल्ला जनस्वास्थ्य कार्यालयलाई केही स्वास्थ्य सामाग्री उपलब्ध गराइसकिएको उनले बताए ।

  • ३ जेष्ठ २०७८, सोमबार २३:१७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images