नेप्सेमा नयाँ रेकर्ड, ९ अर्ब ५७ करोड ६३ लाखको कारोबार
  • CIA Khabar

  • काठमाडौँ । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्सेले नयाँ रेकर्ड बनाएको छ ।

    हिजो आइतबार ५४ अंकले बढेको नेप्से आज फेरि २०।७१ अंकले बढेको बजार २७५९।२२ अंकमा पुगेर नयाँ रेकर्ड बनाएको हो।

    आज २१८ कम्पनीको १ करोड ९० लाख कित्ता शेयर खरीद–बिक्री हुँदा ९ अर्ब ५७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    सोमबार ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४।४५ अंकले बढेर ४९२।५९ बिन्दुमा पुग्यो ।

    विकास बैंक, होटल तथा पर्यटन क्षेत्र र उत्पादनबाहेक सबै समूहको सूचक उकालो लागेको छ ।

    सोमबार रुरु जलविद्युत्‌को शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, समता घरेलु लघुवित्त, राधी विद्युत् कम्पनी, कर्पोरेट विकास ब्यांक लगायत १० कम्पनीको शेयर ९ प्रतिशत बढीले उकालो लागेको छ।

  • ३ जेष्ठ २०७८, सोमबार २३:३२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images