किन महँगियो पेट्रोलको भाउ, निगमले देखायो यस्तो कारण
  • CIA Khabar

  • काठमाडौँ । कोभिड महामारीमा नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढायो । पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य १०६ रुपैयाँ पुगेको छ । महामारीमा जनतालाई राहत दिनुपर्ने बेला मूल्य बढाएको भन्दै निगमको आलोचना भएको छ ।

    तर, नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले भने अन्तराष्ट्रिय बजारमै बढेकाले यहाँ पनि मूल्य बढाउनुपरेको तर्क गरे । निगमको कारण भन्दापनि अन्तर्राष्ट्रिय मूल्य र करको कारण महँगो भएको उनको भनाइ छ ।
    सरकारले इन्धनमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, प्रदुषण कर लिने गरेको छ । यसका अतिरिक्त निगमले ढुवानी खर्च, बिक्रेताको नाफा, निगमको व्यवस्थापन खर्च, मूल्य स्थिरिकरण कोषलगायत जोडेर भाउ निर्धारण गर्छ ।

    मूल्य महँगो भएकाले सरकारले विभिन्न शीर्षकमा लिँदै आएको कर समायोजन हुनुपर्ने सरोकारवालाको जोड रहेको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार ११:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images