मधेसका विज्ञ भन्छन: महन्थ ठाकुरको ठूलो भूलले मधेस बिचरा भयो
  • CIA Khabar

  • काठमाडौ । मधेस मामिलाका जानकारहरुको विश्लेषणमा सत्ता समीकरणको पछिल्लो परिघटनाबाट सबैभन्दा बढी फाइदा एमालेलाई भएको छ । सबैभन्दा धेरै घाटाचाहिँ जनता समाजवादी पार्टी (जसपा) लाई भएको छ ।

    एमालेले सरकारको नेतृत्व पायो र आफनो फुट्न लागेको पार्टी पनि जोगायो । यसले माओवादी केन्द्रलाई खासै असर गरेन । काँग्रेसले पनि आफ्नो अधिवेशनको तयारीमा लाग्न पाएकै छ । तर, जसपा भने केपी ओलीलाई सरकारमा टिकाउने कि हटाउने भन्ने विवादमा रुमलिएर आफू चाहिँ फुटको सँघारमा पुगेको छ ।

    विश्लेषकहरुका अनुसार सत्ता समीकरणको खेलमा सबै दलले केही न केही पाएकै छन्, जसपाले मात्रै गुमाएको छ । केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि जसपा लगभग विभाजन हुने अवस्थामा पुगेको छ, घोषणा हुन मात्र बाँकी छ ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई हटाउनका लागि काँग्रेस, माओवादी केन्द्रसँग मिलेर गठबन्धन बनाए भने अर्का अध्यक्ष ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो ओलीलाई प्रधानमन्त्री बनाउन तटस्थ बसे । तर, तटस्थका नाममा उनीहरुले बालुवाटार र भक्तपुरमा एमाले नेताहरुसँग उठबस गरेर केपी ओलीलाई साथ दिए ।

  • ४ जेष्ठ २०७८, मंगलवार १२:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images