कपिलवस्तु । कपिलवस्तुमा अक्सिजन प्लान्ट जडानका लागि अर्थमन्त्रालयद्वारा १ करोड पचास लाख रकम निकासा बिनियोजन गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेल नेतृत्वको अर्थ मन्त्रालयले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि तौलिहवा अस्पताल कपिलवस्तु ,अर्घाखाँची अस्पताल , पाल्पा अस्पताल पाल्पा ,बर्दिया अस्पताल बर्दिया ,चन्द्र अस्पताल नवलपरासी,प्रादेशिक अस्पताल तुल्सीपुर ,प्युठान अस्पताल प्युठान दमौली अस्पताल तनहुँ,स्याजाँ अस्पताल स्याजाँ,डोटि अस्पताल डाटी तेहथुम अस्पताल तेहथुम अस्पतालमा अक्सिजन प्लाण्ट निर्माणका लागि १ करोड ५० लाखका दरले नेपाल सरकार अर्थ मन्त्रालयद्वारा विनियोजन गरेको छ ।
मन्त्रालयले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।
अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो ।
यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।