भारतमा बालबालिकाका लागि पनि कोरोना खोप लगाउन अनुमति
  • CIA Khabar

  • एजेन्सी । कोरोनाको तेश्रो लहरमा बालबालिकामाथि खतरा हुने खबर आइरहेकै बेला एउटा खुसीको खबर प्राप्त भएको छ । भारतले सरकारले बालबालिकाका लागि कोरोना खोपको ट्रायलका लागि अनुमति दिएको छ ।

    मंगलबार भारतको नीति आयोगका सदस्य डा। विके पालले भने, ड्रग कन्ट्रोल जनरल अफ इन्डिया (डिसिजिआई) ले २ देखि १८ वर्षका बालबालिकालाई कोरोनाको दोश्रो र तेश्रो चरणको क्लिनिकल परीक्षणलाई अनुमोदन गरेको छ ।’

    डा. पालले भने, ‘मलाई भनिएको छ कि यी परीक्षणहरु आगामी १० देखि १२ दिनमा सुरु हुनेछन् । यो बाहेक डिआरडिओ को विकसित एन्टी कोभिड औषधी टू डिजी लाई पनि आपतकालीन उपयोगका लागि स्वीकृत प्राप्त भएको छ । हामी यसलाई ट्रिटमेन्ट प्रोटोकलमा जोड्नका लागि औषधीको परीक्षण गर्दैछौं ।’

    अहिले भारतमा को भ्याक्सिन १८ वर्षभन्दा माथिको उमेर समूहमा प्रयोग भैरहेको छ । दैनिक भास्करका अनुसार एम्स पटना, मेडिट्रिना साइन्स इन्स्च्यिुट नागपुर, एम्स दिल्ली लगायतका अस्पताल र संस्था ५२५ बालबालिकामाथि खोप परीक्षणका लागि सहमत भएका छन् ।

  • ४ जेष्ठ २०७८, मंगलवार २३:४१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images