काठमाडौँ । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुन्द्री तुफानको प्रकोपले कम्तीमा १२ जनाको ज्यान गएको छ ।
दुई लाख मानिस विस्थापित भएको समाचार सार्वजनिक भएका छन् ।
अत्यन्त शक्तिशाली भनिएको समुद्री तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा कुदिरहेको बीबीसीले जनाएको छ।
ताउ–ते चक्रवातका कारण भारतको गुराजत, मुम्बईसहितका क्षेत्रको जनजीवन प्रभावित भएको छ । अरब सागरबाट विकास भई गुरातमा ल्याण्डफल भएको ताउ–ते का कारण भारी वर्षा तथा तीव्र गतिमा हावा चलेको छ ।
चक्रवातका कारण मुम्बईको समुद्री किनार नजिक पी ३०५ जहाज डुब्दा कम्तीमा ९० जना बेपत्ता भएका छन् । सो पानी जहाजमा २७० सवार थिए, अहिलेसम्म १७७ जनाको उद्धार गरिएको भारतीय जल सेनाले जनाएको छ ।
बेपत्ताको खोजी भइरहेको सेनाले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।