विराटनगर । मोरङमा जारी गरिएको निषेधाज्ञा अवधिभर सवै बैंक तथा वित्तिय संस्था बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । बुधबार सुचना जारी गर्दै राष्ट्र बैंक विराटनगरले जिल्लाभरका बैंक तथा वित्तिय संस्थाहरु निषेधाज्ञा अवधिभर बन्द गर्न निर्देशन दिएको हो ।
आगामी जेठ ११ गतेसम्म अनलाईन बैंकिङ, एटिएम र अन–कल सेवालाई व्यवस्थित गर्दै सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरु बन्द गर्न भनिएको राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाले जारि गरेको सुचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले जेठ १ गतेदेखि ११ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।