काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन विधिको परीक्षणबाट सो संख्यामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले सो अवधिभा थप २४६ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मन्त्रालयका अनुसार सो अवधिमा ७ हजार ९८९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
कहाँ कति थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, ओखलढुंगामा ५, खोटाङमा २९, झापामा ३४४, ताप्लेजुङमा ८३, तेह्रथुम १६, धनकुटामा ८८, पाँचथर १, भोजपुरमा ७, मोरङमा ३८३, संखुवासभामा १४, सोलुखुम्बु १६ र सुनसरी २०९ जनामा कोरोना भेटिएको छ ।
यसैगरी प्रदेश २ को धनुषामा १९९, पर्सामा ८५, बारामा १८७, महोत्तरीमा १२७, रौतहटमा २५, सप्तरीमा १८, सर्लाहीमा २१ र सिरहामा ७३ जनामा कोरोना पाइएको छ ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ९८८ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १५५, चितवनमा १९३, दोलखामा ९१, धादिङमा ११७, नुवाकोटमा २१, भक्तपुरमा २२८, मकवानपुरमा ४, रसुवामा १, रामेछापमा २९, ललितपुरमा २७०, सिन्धुपाल्चोकमा २२१ र सिन्धुली ४५ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३४७, गोरखामा १४२, तनहुँमा ३७, नवलपरासी पूर्वमा ३५, पर्वत १०, मनाङ १३, म्याग्दी १८, लमजुङमा १६, बागलुङमा ६ र स्याङजामा २३ जनामा कोरोना भेटिएको छ ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २१, कपिलवस्तुमा १२, गुल्मीमा ३, दाङमा १७७, नवलपरासीमा ५५, पाल्पामा १९, प्यूठानमा १, बर्दियाका १५८, बाँकेमा २४०, रुपन्देहीमा ३४६ र रोल्पामा ८ जना छन् ।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १२, जाजरकोटमा १, जुम्ला ६, दैलेखमा ४४, रुकुम पश्चिममा २, सल्यानमा १८, सुर्खेतमा २७४ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १५८, कञ्चनपुरमा ९१, कैलालीमा ४१७, डडेल्धुरामा ७७, डोटी ५३, दार्चुला ३ र बैतडीमा १९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।