जुन अन्तिमसम्म अमेरिकाले विभिन्न मुलुकलाई ८ करोड डोज खोप दिने
  • CIA Khabar

  • काठमाडौँ । अमेरिकाले जुन अन्तिमसम्म विभिन्न मुलुकलाई ८ करोड डोज खोप उपलब्ध गराउने भएको छ ।

    राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका हुन्।

    तर, कुन-कुन मुलुकलाई खोप दिइने भन्नेबारे बाइडेनले केही पनि खुलाएका छैनन् ।

    ‘हाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ,’ ह्वाइट हाउसमा बाइडेनले भने,‘अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले ती मुलुकलाई अस्थिर त बनाउँछ नै हामीलाई पनि खतरामा राखिरहन्छ।’

    अमेरिकाले फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिएको छ ।

    अक्सफोर्डरअष्ट्राजेनेकाको खोपलाई अनुमति दिइनसकेको अमेरिकाले यसअघि ती कम्पनीले बनाएको ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई दिएको थियो।

    बाइडेनले अमेरिकाले अब रूस र चीनले भन्दा बढी खोप अरू मुलुकलाई दिने र खोपको बदलामा मित्र राष्ट्रहरूसँग कुनै ‘सहयोग’ नमाग्ने पनि बताएका छन् ।

    यसअघि उनले अक्सफोर्ड र अष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने बताएकोमा थप दुई करोड डोज खोप पनि दिने घोषणा गरेका हुन् ।

  • ५ जेष्ठ २०७८, बुधबार २०:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images