यति धेरै भारतीयहरु काठमाडौं आउने अनुमान थिएन: परराष्ट्रमन्त्री
  • CIA Khabar

  • काठमाडौं । जतिबेला भारतमा कोरोनाको दोस्रो लहर भयावह बन्यो, साउदी अरबले भारतबाट उसको देशमा हुँदै आएको उडानमाथि रोक लगायो । साउदीले भारतको उडान रोकेपछि वैदेशिक रोजगारीमा जाने भारतीय नागरिकहरु धमाधम काठमाडौं आउन थाले । नेपाल सरकारले हौसिएर ती भारतीय नागरिकलाई काठमाडौंमा स्वागत ग¥यो र तेस्रो देशका लागि ट्रान्जिट उपलब्ध गराउने निर्णय गर्यो ।

    ‘जतिबेला हाम्रोमा संक्रमण कम पनि थियो, एक किसिमले भन्ने हो भने त्यतिबेला सबै हौसियौं भन्नुपर्छ’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एस एन एन नेपालसँग भन्छन्, ‘अलिअलि पर्यटन व्यवसायलाई पनि,  होटल व्यवसायीलाई पनि राहतै हुन्छ भन्ने हिसाबले खुकुलो गर्यौं ।’

    एकातर्फ भारतमा कोरोना संक्रमण बढ्दै गइरहेको थियो, अर्कोतर्फ काठमाडौं भित्रिने भारतीयहरुको संख्या ह्वात्तै बढ्यो । ‘यो लेभलसम्म भारतीयहरु आउँछन् भन्नेचाहिँ अनुमान थिएन’ मन्त्री ज्ञवाली भन्छन्, ‘भारतमा संक्रमण एकदमै बढ्न थाल्यो र हामीले सडकमार्गबाट आउनेहरुलाई रोक्यौँ । त्यसपछाडि हवाई मार्गबाट आउनेहरुलाई पनि अब नयाँ ट्रान्जिट हुँदैन है भन्यौं । त्यतिबेलासम्म झण्डै १२र१३ हजारजति भारतीयहरु काठमाडौंमा आइसकेका रहेछन् ।’

  • ५ जेष्ठ २०७८, बुधबार २१:५५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images