बालुवाटार बाट गोप्य निर्णय बाहिरियो: बादल हारे माधव नेपाल एमालेबाट बर्खास्त हुने पक्का
  • CIA Khabar

  • काठमाडौं । बालुवाटार, अहिले हतास र उदास पनि छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अकर्मन्यता, आसेपासेका अज्ञानता। लाग्छ, बालुवाटार एउटा षड्यन्त्रको चक्रब्यूह रच्ने कोठी हो। अझै भनौं, त्यहाँ एक ‘स्वामी’ छन् केपी शर्मा ओली। र, अरु सेवक छन्।

    ‘स्वामी’ले आदेश गर्छन्, ‘सेवक’ले ‘हस् हजुर’ भन्छन्। ओलीको लीला ‘अपरम्पार’ छ। बुधबारको बैठकमा पनि त्यस्तै दृष्य देखियो। ‘प्रधानमन्त्री’ एवं ‘एमाले’ अध्यक्ष केपी शर्मा ओलीको ‘कोर’ बैठकको प्रस्तुतिले यसो भन्न विवश गराएको हो।

    प्रधानमन्त्री लेख्नुपर्ने उध्दरण चिह्नभित्र किन ‘प्रधानमन्त्री’ लेखियो होला भन्ने तपाई पाठकलाई लाग्न सक्छ। बुधबारको बैठकमा ओलीको प्रस्तुत नियालेपछि स्वदेश नेपाल यस्तो लेख्न बाध्य भयो।

    ‘अब अति भयो, अब ठिक हुँदैन, बादल हारे मात्रै भने माधव नेपाल एमालेबाट बर्खास्त हुन्छन्, यति बुझ्नुस्, रिजल्ट आएको भोलिपल्टै बर्खास्त गर्छु,’ एमाले अध्यक्ष ओलीले आफ्नो कोर टिमका सदस्यसँग भने।

    बैठकमा सहभागी एक सदस्यका अनुसार एमाले अध्यक्ष ओली बुधबार निकै हतास र आक्रोशित थिए। ‘बादल हारे माधव नेपाल एमालेबाट बर्खास्त हुन्छन्, यति बुझ्नुस्, प्रधानमन्त्रीजीको कुरा यही हो,’ बैठकमा सहभागी एक ओली समूहका नेताले भने।

    बैठकमा ओलीले आफ्ना ‘नयाँ सेवक’ रामबहादुर थापाको निकैबेर प्रशंसा गरे। राष्ट्रियसभा सदस्यमा निर्वाचित भएर गृहमन्त्रीमा निरन्तरता हुने बताउँदै ओलीले माओवादी सकिएको र सो पार्टीको लिगेसी थापाले थाम्ने जिकिर गरे।

    ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल एमालेमा नरहेको घोषणा हुन औपचारिक बाँकी रहेको धारणा राखे। साथै आफू एमालेको अध्यक्षका रुपमा प्रधानमन्त्रीमा नियुक्त भएको समेत भन्न भ्याए।

    राष्ट्रियसभामा बागमती प्रदेशबाट ओली समूहका रामबहादुर थापा र नेपाल समूहका डा. खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दैछन्।

    प्रधानमन्त्री ओलीलाई आफ्ना उम्मेदवार थापा हारे माधव नेपाल पक्षसँग ‘ठूलै’ बदला लिने चेतावनी दिइसकेका छन्। माधव नेपाल पक्षले डा। देवकोटालाई जिताउन ‘गोप्य आन्तरिक सर्कुलर’ जारी गरेको छ।

    नेकपा एमालेभित्र राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा आन्तरिक विवाद भुसको आगोझैं सल्किएको छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफ्नै पार्टीबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादललाई सहयोग नगरेपछि विवाद उत्कर्षतर्फ उन्मुख भएको हो।

    जेठ ६ गते बिहीबार हुने राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार भएको छ। थापालाई नेपाल पक्षले खुला रुपमा स्वीकारेको छैन।

    एमाले वरिष्ठ नेता नेपालनिकट नेता डा। खिमलाल देवकोटालाई नेकपा माओवादी केन्द्रको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार बनाइएको छ। अन्य साना राजनीतिक दलले पनि देवकोटालाई नै समर्थन गरेका छन्।

    नेकपा एमालेका वरिष्ठ नेता नेपालले बागमती प्रदेश अन्तरगर्तको राष्ट्रिय सभा उपनिर्वाचनमा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई समर्थन नरहेको स्पष्ट पारेका छन्।

    नेपालको सचिवालयले मंगलबार वक्तव्य जारी गरेर थापालाई समर्थन नरहेको स्पष्ट पारेको हो। ‘आज (मंगलबार) कमरेड रामबहादुर थापा कोटेश्वर निवासमा आई पर्सी हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरूसहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो। त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो।

    मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन। भ्रममा नपर्न सबैलाई अनुरोध छ,’ पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सचिवालयका तर्फबाट मोहन गौतमले जारी गरेको वक्तव्यमा भनिएको छ।

    वरिष्ठ नेता नेपाल पक्ष एमाले र सूर्य चिह्नमा चुनाव लडे पनि गृहमन्त्री थापालाई एमाले मान्न तयार छैन। नेपाल पक्षीय नेताहरूका अनुसार डा. देवकोटालाई भोट हाल्न गोप्य आन्तरिक सर्कुलर जारी गरिएको छ।

    ‘ओलीजीका उम्मेदवार हुन् बादलजी, हाम्रा उम्मेदवार डा। देवकोटा हुन्, त्यसैले हामीले आन्तरिक सर्कुलरमा डा. खिमलाल देवकोटालाई जिताउन सबै एमाले नेता–कार्यकर्ता र मतदातालाई निर्देशन जारी गरेका छौं,’ नेपाल पक्षका एक नेताले एस एन एन नेपालसँग भने।

    यसअघि, नेकपा एमालेले राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई मतदान गर्न ह्वीप जारी गरेको थियो। महासचिव ईश्वर पोखरेलले सोमबार बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार एवं गृहमन्त्री थापालाई मत हाल्न ह्वीप जारी गरेका हुन्।

    बागमतीमा एमालेको बहुमत, तर भोट बाँडिने :

    बागमती प्रदेशसभा र स्थानीय तहमा एमालेको प्रष्ट एकल बहुमत छ। पार्टीको ह्विपअनुसार मतदान भएमा गृहमन्त्री थापाको जीत पक्का छ। तर, भोट थोरै मात्रै बाँडिएमा डा. देवकोटाले जित्ने छन्।

    माओवादीबाट एमालेमा लागेपछि थापालाई राष्ट्रियसभाबाट हटाइएको थियो। उपनिर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले डा। खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन्। एमाले वरिष्ठ नेता नेपालनिकट हुन् डा. देवकोटा। अघोषित रुपमा नेपाल पक्षले देवकोटालाई नै समर्थन गरेको छ।

    एमालेको आन्तरिक विवाद समाधानका लागि १० सदस्यीय समिति बने पनि विवादको निवारणको पूर्ण रुपमा खाका बनिसकेको छैन। त्यसैले ‘ओलीका उम्मेदवार’लाई मतदान गर्नुपर्छ भन्ने पक्षमा आफूहरू नरहेको नेपाल पक्षका नेताको भनाई छ।

  • ५ जेष्ठ २०७८, बुधबार २३:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images