हेटौंडा । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि भएको उपनिर्वाचन अन्तर्गत धमाधम मतदान भइरहेको छ ।
हेटौंडाको भुटनदेवी माविमा भएको मतदानमा मध्याह्नसम्म ३०१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
तीनवटा मतकेन्द्रमध्ये प्रदेशसभा सांसदका लागि छुट्याइएको ‘क’ मा ८८ जनाले, स्थानीय तहका जनप्रतिनिधिका लागि छुट्याइएको ‘ख’ मा १८९ जनाले र कोभिड संक्रमित मतदाताका लागि छुट्याइएको ‘ग’ मतकेन्द्रमा २४ जनाले मतदान गरेका हुन् ।
३४७ मतदातामध्ये विवेकशील साझाका तीन जनाले मतदान नगर्ने भएका छन् । योसँगै अब ४३ जनाले मतदान गर्न बाँकी छ ।
मतदानका लागि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।