बागमतीको राष्ट्रियसभा उपनिर्वाचनमा वर्षाको प्रभाव
  • CIA Khabar

  • Torrential rain causing flood.

    हेटौंडा । हेटौंडामा बागमती प्रदेश राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको मतदान जारी छ । राष्ट्रियसभाको रिक्त एक सदस्य पदको लागि प्रदेशको राजधानी हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालयको भवनमा बिहान ९ बजेबाट मतदान जारी रहेको हो ।

    निर्वाचनमा ३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । सत्तारुढ दल नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल, प्रतिपक्ष गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवार बागमती प्रदेश नीति तथा योजना आयोगका पूर्व अध्यक्ष डा। खिमलाल देवकोटा र नेमकीपाका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार बनेका छन् ।

    गृहमन्त्री बादलसहित तीनै जना उम्मेदवारले हेटौंडामा रहेर आफ्नो चुनावी अभियान जारी राखेका छन् ।

    निर्वाचनका लागि बागमती प्रदेशका १ सय १९ वटा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष र विवेकशील साझा पार्टीका सांसद बाहेक बागमती प्रदेशसभाका १ सय ६ जना सदस्यहरु मतदानका लागि हेटौंडा आउने क्रम जारी रहेको छ ।

    मतदानका लागि राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन अधिकृतको कार्यालय र बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाएर मतदान प्रक्रिया जारी राखेको छ ।

    मतदानका लागि विद्यालयको गेट नम्बर २ बाट मतदान स्थलको प्राङ्गणमा प्रवेश गराइ मतदान स्थल बाहिर मतदातालाई होल्डिङ गर्ने र लाइन मार्फत विद्यालयको गेट नम्बर ४ मा मेडिकल डाक्टरसहितको हेल्थ डेस्कको स्थापना गरिएको छ ।

    उक्त गेटमा ज्वरो नाप्ने, सेनिटाइजर, मास्क, प्रयोग गर्ने लगाउने, मतदाता नामावली चेकजाँच गर्ने काम गरेर मतदानका लागि प्रवेश गराउने व्यवस्था गरीएको छ ।

    पिसिआर नगरेका मतदाताहरूले परिक्षण गर्न चाहेमा मतदान स्थलमा नै एन्टिजेन प्रविधिबाट कोरोना परिक्षण गने व्यवस्था गरिएको छ ।

    निर्वाचन कार्यालयले ३ वडा मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था गरिएको छ ।

    स्थानीय तहका प्रतिनिधि र प्रदेशसभाका प्रतिनिधिका लागि छुट्टै मतदान केन्द्रमा मत दिने व्यवस्था मिलाइएको छ भने संक्रमित मतदाताहरुको लागि विषेश मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

    प्रदेशसभा सदस्यका लागि विद्यालयको दक्षिणतर्फबाट २ मिटरको दूरी कायम गर्ने गरी लाइनमा पूर्वतर्फ रहेको मतदान केन्द्रमा मतदान गर्न पठाइन्छ र पूर्वतर्फको गेट नम्बर ५ बाट बाहिरिने व्यवस्था रहेको छ ।

    स्थानिय तहका प्रतिनिधिहरुको लागि भने विद्यालयको पूर्वतर्फबाट लाइनमा प्रवेश गराई उत्तरमा रहेको मतदान केन्द्रमा पठाइन्छ र मतदान सम्पन्न भए पश्चात फर्काएर पूर्वतर्फको गेटबाट बाहिरिने व्यवस्था रहेको छ ।

    संक्रमितहरुका लागि भने विद्यालयको १ नम्बर गेटबाट प्रवेश गराएर पूर्वमा रहेको मतदान केन्द्रमा मतदान गर्ने र सोही मार्गबाट बाहिरिने व्यवस्था गरिएको छ । हेटौडामा हल्का वर्षा भइरहेको छ। वर्षाका बीच मतदान जारी छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार १३:१९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images