एजेन्सी । कोरोना संक्रमित व्यक्तिको एयरोसोल १० मिटरको दूरीसम्म फैलिनसक्छ । जबकी ड्रपलेट्स (थुक, खकार आदी मुखबाट निस्कने बाछिटा) २ मिटरसम्म जान्छ ।
भारत सरकारले बिहीबार नयाँ एडभाइजरी जारी गर्दै कोरोनाबाट बाँच्नका जनतालाई उक्त सल्लाह दिएको हो । निर्देशिकामा कोरोनाका लक्षण नदेखिएका मानिसले पनि संक्रमण फैलाउनसक्ने उल्लेख छ ।