थापाको विरुद्ध मतदान गर्नेलाई एमालेले माफी नदिने
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेले आधिकारिक उम्मेदवार रामबहादुर थापाविरुद्ध मतदान नगर्नेहरुलाई माफी नदिने निर्णय गरेको छ ।

    आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एमाले स्थायी कमिटि बैठकले राष्ट्रियसभा सदस्यका लागि एमालेका तर्फबाट उम्मेदवार बनेका थापाको विरुद्ध मतदान गर्नेहरुलाई क्षमा नदिने निर्णय गरेको हो ।

    बैठकका निर्णयबारे जानकारी दिदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने,‘विवाद समाधानका लागि कार्यदल गठन गरेको परिस्थितिमा पार्टीको ह्वीप उल्लंघन गर्दै विपक्षमा मतदान गर्ने कार्यको भर्त्सना गरेको छ । पार्टीका कतिपय नेता र कार्यकर्ताहरूको यस्तो क्रियाकलाप क्षम्य नहुने बैठकको निष्कर्ष छ ।’

    परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता ज्ञवालीले बजेट अध्यादेशबाट नल्याउने स्पष्ट पारे । उनले संसदको बजेट अधिवेशन बोलाउने विषयमा समेत छलफल भइरहेको जानकारी दिए । कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगाउने विषयमा समेत स्थायी कमिटी बैठकमा छलफल भएको उनले जानकारी दिए ।

  • ६ जेष्ठ २०७८, बिहीबार १६:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images