एक सातामा कोरोना संक्रमण दर कम, निको हुने दोब्बर
  • CIA Khabar

  • काठमाडौँ । नेपालमा कोरोना संक्रमण दर घट्न थालेको छ भने निको हुने क्रम बढ्न थालेको छ । विगत एक हप्ताको तथ्यांक अनुसार कोरोना संक्रमित हुने दर घटेको छ । संक्रमण मुक्त हुने दर बढेको छ ।

    एक हप्ताको तथ्यांकमा संक्रमित हुनेको दर ४४ प्रतिशतबाट घटेर ३७ आएको छ । यो घटेको तथ्यांक कोरोना परिक्षण गराएका संख्याका आधारमा तयार गरिएको दर हो । यसैगरी निको हुने दर समेत लगभग दोब्बरले बढेको छ । गत हप्ता निको हुने दर ५६ प्रतिशत रहेकोमा सो दर बुधबार ९८ प्रतिशतको हाराहारीमा पुगेको छ ।

    विगत २४ घन्टामा २१ हजार ८७४ जनाले पिसिआर परिक्षण गराएकोमा ३७।३६ प्रतिशत अर्थात ८ हजार १७३ संक्रमित भएका छन् । यसैगरी संक्रमण मुक्त हुनेको ७ हजार ९८९ रहेको छ । यो २४ घन्टामा हालसम्मकै उच्च २४६ जनाको मृत्यु भएको छ । यो मृत्युदर हालसम्मको सबै भन्दा बढी हो । यसैगरी बुधबारसम्म १ हजार ६१८ संक्रमित आईसियु र ३८१ भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मगलबार मात्र नेपालमा नयाँ ३ प्रकारका कोराना भेरियेन्टको संक्रमण रहेका जनाएको छ । यो ३ प्रकारका विकास भएको भाईरसको सर्ने र यसले ल्याउने जोखिम उच्च रहेकोले सजग हुन अनुरोध गरेको छ । नयाँ प्रजातीको भाईरस संक्रमणलाई पनि हाल खोप लगाएकालाई प्रभावकारी रहेको मन्त्रालयको भनाइ छ ।

    यो नयाँ प्रजातिको भाइरसको संक्रमणले पूर्ण खोप लगाएकालाई गम्भिर असर कम गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको दर अझै २ हप्ता यस्तै अवस्था रहने जनाउँदै तत्काल निधेधाज्ञा कायम नै राख्नु पर्ने सुझाब दिएको छ ।

    आम मानिसले अझै पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे अवस्था अझै जटिल हुने जनाएको छ । यो अवधिमा दोस्रो चरणको खोप लगाउने तालिकामा परेका नागरिकलाई खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरिएको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार १६:३१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images