स्पेन सरकारबाट प्राप्त स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण
  • CIA Khabar

  • काठमाडौँ । स्पेन सरकारले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको एक मिलियन युरो अर्थात १४ करोड २० लाख रुपैयाँ वरावरको स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

    चार्टर जहाजबाट ल्याइएको समान सामान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमनले हस्तान्तण गरेका हुन् ।

    स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाका अनुसार प्राप्त सामाग्रीमा एक लाख ४४ हजार फेस मास्क, एक लाख २५ हजार एन्टिजेन टेष्ट, अन्य मास्क, सेनिटाइजर, पञ्जा र स्वास्थ्य सामग्री छ ।

    सामग्री लिएर स्पेनबाट स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमन र स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पासहितको टोली नेपाल आएको छ ।

    कोरोना भाइरस संक्रमितको संख्या दैनिक रुपमा बड्दै गएपछि स्वास्थ्य सामग्रीको अभाव हुदाँ नेपालीले अकालमै ज्यान गुमाउनु परेको भन्दै यो सामग्रीले केही भए पनि राहत पुग्ने विस्वास लिएको डाइरेक्टर सोलिमनले बताए । बुधबार मात्र २४६ जनाको मृत्यु भएको थियो ।

    यता बिहीबार चीन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्पेनी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री गोन्जालेजले लकडाउनले नेपालमा अलपत्र भएका स्पेनी नागरिकलाई उद्दार गरेकोमा नेपाललाई धन्यवाद दिदै आपसी सहयोगमा स्पेन जहिले तयार रहेको बताए ।

  • ६ जेष्ठ २०७८, बिहीबार १६:३५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images