जेठ ९ गते संसदको अधिवेशन बोलाउन सरकारको सिफारिस
  • CIA Khabar

  • काठमाडौँ । सरकारले जेठ ९ गते आइतवारदेखि संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गतेका लागि संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनको लागि संसदको अधिवेशन बोलाउने तयारी गरेका थिए ।

    बिहीवारको बैठकमा ओलीले विश्वासको मत नलिई धारा ७६ उपधारा ५ अनुसारको सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णय सुनाएका थिए ।

    जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भए पनि प्रधानमन्त्रीले विश्वासको मत नलिई अल्पमतको सरकारले बजेट ल्याउन नमिल्ने बहस हुँदै आएको थियो ।

    संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले उपधारा ४ बमोजिम एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्राप्त नभएमा उपधारा ५ को प्रक्रिया शुरू हुन्छ ।

    सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भर्खरै विश्वासको मत प्राप्त नभएर धारा ७३ को उपधारा ३ बमोजिम सरकार बनेकाले उपधारा ४ बमोजिम जाँदा पनि विश्वासको मत प्राप्त हुन आधार नभएकाले मार्ग प्रशस्त गर्न खोजिएका बताए ।

    संसदको अधिवेशन बोलाउन सिफारिस गरेपनि बजेट कसरी ल्याउने भन्ने अन्योल कायमै रहेको देखिएको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार १८:५७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images