गण्डकीमा थप १ हजार ३७२ जनामा कोरोना संक्रमण पुष्टि
  • CIA Khabar

  • गण्डकी । गण्डकी प्रदेशमा थप १ हजार ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको मनाङ बाहेकका १० जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा पछिल्लो २४ घण्टामा १ हजार ३७२ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जानकारी दिए ।

    उनका अनुसार प्रदेशमा ३ हजार २७७ जनाको नमुना परीक्षण गरिएकोमा थप १ हजार ३७२ जना संक्रमित भेटिएको हो । पछिल्लो २४ घण्टामा कास्कीमा ३५३, स्याङ्जा ६११, बाग्लुङका ९, पर्वत १८, म्याग्दी २१ जना, मुस्ताङका १, तनहुँ ९३, गोरखा १५६, लमजुङ १६ र नवलपुरका ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२ हजार ६० पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ४३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या २१ हजार ३९८ पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार १९:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images