मन्त्रिपरिषद् निर्णय: संसद अधिवेशन जेठमा, संविधान अनुुसारनै सरकार गठन गर्ने
  • CIA Khabar

  • काठमाडौं । मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय गरेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ । आज बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुहुने भएको छ ।

    संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले उपधारा ४ बमोजिम एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्राप्त नभएमा उपधारा ५ को प्रक्रिया शुरू हुन्छ । प्रधानमन्त्री ‘फास्ट ट्रयाक’ बाट अर्को प्रक्रियामा जाने मुडमा देखिनुभएको हो ।

    अब उपधारा ५ बमोजिमको प्रक्रियामा जाँदा बहुमत सदस्यको समर्थन रहेको आधार पेस गरेमा राष्ट्रपतिले त्यस्तो सांसदलाई प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । तर, आधार पेस नभएमा नयाँ सरकार बन्न नसकी प्रतिनिधिसभा स्वतः भंग हुनेछ र केपी ओलीकै नेतृत्वमा चुनाव घोषणा हुनेछ ।

  • ६ जेष्ठ २०७८, बिहीबार १९:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images