पुन: चौथो पटक प्रधानमन्त्रीमा केपि शर्मा ओलि
  • CIA Khabar

  • काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदको साथ लिएर धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबीको तयारी गरेका छन् ।

    दाबी प्रस्तुत गर्ने विषयमा छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित जसपा अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो राति ११ बजे शितलनिवास पुगेका थिए । त्यहाँ यस विषयको संभावनाबारे छलफल भएको जसपाका एक नेताले बताए ।
    ‘जसपाको समर्थनमा सरकार भन्ने संभावनाबारे छलफल भएको हो, कुनै निर्णयमा भने पुगिएको छैन,’ ती नेताले भने ।

    राष्ट्रपतिले दिएको समयसीमाभित्र ७६ ९५० अनुसार ओलीको दाबी आउने ती नेताको भनाइ छ । जसपाको माग सम्बोधन लागि संविधान संशोधन कार्यदल गठनको लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति समेत प्रदान गरिसकेको छ भने सरकारले नागरिकतासम्बन्धी अध्यादेश पनि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको जानकारी प्रधानमन्त्रीले जसपाका नेताद्वय ठाकुर र महतोलाई दिएका थिए ।

    हाल नेकपा एमालेमा १ सय २१ सांसद छन् । २६ वैशाखमा भक्तपुरको डोलेश्वर रिसोर्टमा ठाकुर पक्षका २१ सांसद उपस्थिति रहेको दाबी त्यस समूहले गरेको थियो । त्यही बैठकमार्फत राजेन्द्र महतोलाई जसपाले संसदीय दलको नेतामा चयन गरेको थियो । राष्ट्रपतिको सरकार गठनको आव्हानलाई भने विपक्षी दलहरुले संवैधानिक रुपमा गलत भएको भन्दै सच्याउन माग गरिरहेका छन् ।

    जसपा नेता शरदसिंह भण्डारीले आफूहरुको प्रयास प्रधानमन्त्री ओलीलाई चुनावमा जान रोक्नु रहेको बताएका छन् । उनले भने, ‘संसद विघटन गरेर चुनावमा जानु हुँदैन भन्ने हाम्रो मत छ । कम्तिमा सरकार पाँच वर्ष चलोस भन्ने मत हाम्रो छ । संविधान संशोधनको लागि कार्यदल र नागरिकता सम्बन्धी अध्यादेशनै ल्याएको हो भने हामीले ओली लाइ नै साथ दिन्छौँ ।’ आजै नयाँ सरकारको दाबी गर्ने भन्ने कुरा सत्य भएको उल्लेख गर्दै उनले आजको समय सीमाभित्र ओलीलाई समर्थन गर्दै दाबी प्रस्तुत हुनसक्ने भने बताए ।

  • ७ जेष्ठ २०७८, शुक्रबार ०६:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images