काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण दर पछिल्लो केही दिन यता घट्दो क्रममा रहेको छ ।
कोरोना संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २०९ जनाको मृत्यु भएको छ भने सोही अवधिमा २ लाख ५९ हजार २६९ जना नयाँ संक्रमित थपिएका छन् ।
हालसम्म भारतमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ९१ हजार ३६५ पुगेको छ । भारतमा हालसम्म कुल संक्रमितको संख्या २ करोड ६० लाख ३० हजार नाघेको छ । भारतमा अहिले पनि ३० लाख ३३ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।
हिजो भारतमा २ लाख ७६ हजार २ सय ६१ जना संक्रमित र ३ हजार ८ सय ८० जनाको मृत्यु भएको थियो ।
भारतपछि ब्राजिलमा संक्रमित र मृतकको संख्या सबैभन्दा धेरै छ । त्यहाँ २ हजार ५ सय २७ जनाको मृत्यु हुँदा ८३ हजार घ सय ६७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी अमेरिकामा थप ६ सय ३१ जनाको मृत्यु हुँदा २८ हजार ९ सय १८ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।
विश्वभर थप १२ हजार ४ सय १८ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । योसँगै कोभिडबाट विश्वभर मृत्यु हुनेको संख्या ३४ लाख ४३ हजार ८ सय ६ पुगेको वर्ल्डओमिटरको तथ्याङ्कमा उल्लेख छ ।