प्रम ओलिको प्रश्न: मैले राजीनामा दिनुपर्छ भनेर संविधानमा कहाँ लेख्या छ?
  • CIA Khabar

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न आफूले राजीनामा गर्न नपर्ने बताएका छन् ।

    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले धारा ७६ ९५० को सरकार गठनको प्रक्रिया सुरु गर्न आफूले राजीनामा दिनुपर्ने संविधानमा व्यवस्था नभएको जिकिर गरे । ‘राजीनामा दिनुपर्छ भनेर कहाँ लेख्या छ ?’ उनले प्रश्न गरे ।

    आफूले विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था भए पनि आफूले लिन नचाहेको प्रधानमन्त्री ओलीले बताए । ‘मैले विश्वासको मत लिन आवश्यक ठानिन भने के गर्ने रु संविधानमा त छैन, संविधानमा छैन भने अर्को विकल्पमा जाने, विकल्प रोकिएको छैन’ उनले भने ।

    आफूले राजीनामा दिए पनि, मार्गप्रशस्त गरे पनि, त्यसै गए पनि धारा ७६ ९५० कै प्रक्रियामा जानुपर्ने प्रधानमन्त्री ओलीले बताए । उनले आफूले राजीनामा नदिए पनि र विश्वासको मत नलिए पनि सरकार गठनका लागि सबै विकल्प खुला गरेको जिकिर गरे ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १४:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images