मैले देउवाजीलाई फोन गरेर तपाईहरु सरकार बनाउनुस् भनेँ : प्रधानमन्त्री
  • CIA Khabar

  • काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान आफूले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सरकार बनाउन प्रस्ताव गरेको खुलासा गरेका छन् । शुक्रबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बिहान देउवासँग फोन वार्ता भएको बताएका हुन् । ‘देउवाजीलाई फोन गरेर भनेँ: तपाईहरु सरकार बनाउनुस्, हामी शान्त र संयमित भएर बस्छौँ भनेँ ।’

    जवाफमा देउवाले ‘होइन, राष्ट्रिय नेतृत्वमा सरकार बनाऔँ’ भनेर प्रस्ताव गरेको उनले सुनाए । उनले भने, ‘त्यसपछि मैले पनि आउनुस् मेरो नेतृत्वमा बनाउँ भनेँ ।’

    प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई विभाजित बाटोमा लैजाने प्रयासमात्र नगर्नुस् भनेर आफूले देउवालाई भनेको उनले सुनाए । आफूले उपयुक्त विकल्प छ भने प्रस्तुत गर्न पनि देउवासँग आग्रह गरेको उनले बताए ।

    उनले भने, ‘उहाँहरु राजनीतिलाई तनावतिर, परस्परमा घृणातिर लाँदै हुनुहुन्छ ।’ संविधानमाथि थिचोमिचो भयो भनेर आफूमाथि लगाइएको आरोपको पनि उनले प्रतिवाद गरे । ‘वैकल्पिक सरकार बनाउन छोडिदिँदा पनि थिचोमिचो हुन्छ रु विश्वासको मत लिँदा म हार्छु, हारेपछि हामी उपधारा ५ मै जाने हो , त्यसो भएँ अहिले नै जाउँ न भन्नु के गलत भयो ?’

    बजेट ल्याउने समयसीमाका हिसाबले, कोभिड महामारी नियन्त्रण गर्ने चुनौतीका हिसाबले पनि आफूले मार्गप्रशस्त गरिदिएको उनको भनाइ थियो ।

    उनले राष्ट्रपतिलाई महाभियोग लगाउने भन्ने कुरा आक्रोश कुण्ठा के हो भन्ने प्रश्नसमेत गरे । उनले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएर देखाउन चुनौतीसमेत दिए ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १५:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images