काठमाडौं । एमालेका १२१ जना सांसद आफूसँग रहेको दावीसहित सोबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । उनी करिब ४० मिनेट शीतल निवासमा पुगेर बालुवाटार फर्किएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका नेताहरुले गएराति नै आफ्नो पक्षमा बहुमत सांसद रहेको दावीसहित हस्ताक्षर राष्ट्रपति समक्ष प्रस्तुत गरिसकेका थिए ।
विपक्षी दलका नेताहरु १४९ सांसदको हस्ताक्षर आफ्नो पक्षमा रहेको दावीसहित शीतल निवास पुगेकै बेला ओली पनि पुगेका हुन् । अब राष्ट्रपतिले कसलाई मान्यता दिनेछिन् भन्नेमा सर्वत्र चासो छ ।