बहुमत दुबै सङ थियो तर रास्ट्रपतिले किन केपि ओलिकै सरकार स्वीकार गरिन, यस्तो छ रहस्य
  • CIA Khabar

  • काठमाडौ । सिंहदरबारमा विपक्षी गठबन्धनले शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर जुटाइरहँदा शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीचाहिँ बालुवाटारमा सम्पादकहरूसँग कुराकानीमा मस्त थिए । प्रधानमन्त्री ओलीले विपक्षीले बहुमत जुटाएर सरकार बनाए भैगो नि भन्दै बालुवाटारबाट चुनौती दिँदै थिए ।

    तर, प्रधानमन्त्री ओलीले यसरी चुनौती दिँदै गर्दा देउवाको पक्षमा विपक्षी गठबन्धनले १४९ जना सांसदको बहुमत जुटायो । र, नेताहरु अहिले सरकारमा दाबी पेश गर्न राष्ट्रपतिले तोकेको समयभित्रै शीतलनिवास पुगेका छन् । तथापि शीतलनिवासका राष्ट्रपतिले नेताहरुलाई निकै बेर भेट नदिई कुराएकी छिन् ।

    बालुवाटारमा प्रधानमन्त्री ओलीका कुरा सुन्दा विपक्षी दलले बहुमत जुटाउन सक्दैनन् भन्नेमा उनी ढुक्क देखिन्थे । त्यसैले उनी सम्पादकहरुसँग भन्दै थिए कि बहुमत जुटाउनोस्, नभए मलाई सघाउनोस् र संसद विघटन हुनबाट जोगाउनोस् ।

    अन्ततः विपक्षीले संविधानको धारा ७६९५० अनुसारको सरकार गठनमा बहुमत जुटाएका छन् । प्रधानमन्त्रीले बालुवाटारमा भनेको कुरालाई पत्याउने हो भने उनी विपक्षमा बस्न तयार छन् र नयाँ सरकार गठनका लागि बाटो खोल्न तयार छन् । यसो हो भने अब काँग्रेस सभापति शेरबहादुर देउवा अपरान्ह ५ बजेपछि धारा ७६९५० अनुसारको प्रधानमन्त्री बन्ने सम्भावना प्रवल छ ।

    तर, प्रश्न अहिले पनि प्रवल छ, के केपी शर्मा ओली बाहिर बोलेजस्तै सहजरुपमा सत्ता हस्तान्तरण गर्न तयार छन् त रु कि अबको एक घण्टाभित्र फेरि बालुवाटार र शीतलनिवासले अर्को कुनै बखेडा झिकेर सत्ता हस्तान्तरणमा बखेडा उत्पन्न गर्ने सम्भावना जीवितै छ ?

    संकेत त्यस्तै देखिएको छ । किनभने, आफूसँग एमालेका १२१ जना सांसदहरु रहेको दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतलनिवास पुगेको खबर छ । जबकि उनकै दलका बरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी नेताहरुसँग शीतलनिवासमै राष्ट्रपतिलाई भेट्न शरीर पुगेका छन् । माधव पक्षका सांसदहरुले विपक्षी गठबन्धनमा हस्ताक्षर गरिसकेकाले ओलीसँग १२१ सांसद नरहेको कागजबाटै पुष्टि हुने कुरा हो ।

    संविधानको धारा ७६ ९५० ले दलगत रुपमा नभएर व्यक्तिलाई मात्रै चिन्ने संविधानविदहरुले बताउँदै आएका छन् । अब यो अवस्थामा राष्ट्रपतिले के गर्लिन् ? विपक्षी दलको बहुमतको हस्ताक्षर ग्रहण गर्छिन् या प्रधानमन्त्री ओलीको कुरा सुन्छिन् ?यसबारे प्रष्ट हुन अब आधा घण्टा पनि कुर्नुपर्दैन । किनभने, राष्ट्रपतिले दिएको समयसीमा ५ बजे समाप्त हुँदैछ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १६:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images