माधव नेपालको त्यो हर्कतले कठोर बने प्रधानमन्त्री
  • CIA Khabar

  • काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालले गुटबन्दी गर्दै निरन्तर पार्टी विरोधी गतिविधी गरेको कारण पार्टीले हिसाबकिताब लिने भन्दै कठोर कदमको संकेत दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले यस्तो संकेत दिनुभएको हो ।

    राष्ट्रियसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वारबिरुद्ध गरिएको मतदानको प्रसंग जोडदै ओलीले हिसावकिताव गरिने प्रष्ट पार्नुभएको हो ।
    ‘माधवजीहरुले हदैसम्मको गडबडी गर्नुभएको छ, यी सवै गडबडी, अनुशासनहीनता र अराजकता पार्टीमा चल्दैन, हामी नेकपा एमालेलाई अनुशासित पार्टीका रुपमा स्थापित गर्नेछौं, उहाँहरुले जसरी पार्टीबिरोधी गतिबिधि गरिरहनु भएको छ, त्यस्को हिसावकिताव हुन्छ, पार्टीले गर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

    उहाँले माधव नेपालहरुले एमालेभित्र मच्चाएको बितण्डा लोकतान्त्रिक पद्धतीमा नमिल्ने तथ्य पनि राख्नुभयो । ‘लोकतान्त्रिक पद्धतीभित्र यस्ता गतिबिधि हुँदैन, हदैसम्मको अराकजतापूर्ण काम भएको छ, बिपक्षीसँग मिलेर सरकार ढाल्नेसम्मको खेल पनि भएका छन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले बिपक्षीसँग मिलेर माधव नेपालले अत्यन्तै घिनलाग्दो खेल खेलेको बताउनु भयो ।

    ‘बिपक्षीसँग मिलेर सरकार ढाल्ने प्रयाश कुनैपनि हिसावमा नैतिक हुन सक्दैन, तर ती प्रयाशहरु पनि भयो, पार्टीभित्रै मिर्जाफर र मिर्कासिमहरु जन्माउने काम भयो, यी सवै घटनाक्रम लोकतान्त्रिक पद्धतीसँग मेल खाने कुरा होइन,’ माधव समुहको गतिबिधिप्रति टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १६:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images