बाँके । बाँकेमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बाँके जिल्ला फोकल पर्सन तेज वलीका अनुसार मृतकमध्ये बाँके जिल्लाका आठ जना, सल्यान र कैलालीका दुई/दुई जना, प्यूठान, दाङ र बर्दियाका एक/एक जना रहेको छ । बिहीबार बेलुकादेखि शुक्रबार बिहानसम्मको अवधिमा उक्त संख्यामा मृत्यु भएको हो ।
भेरी अस्पताल नेपालगञ्ज र मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।