अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ३८ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा जिल्लाको सन्धिखर्क नगरपालीकाबाट २४ जना, शितगंगा नगरपालीकाबाट ३ जना, मालारानी गाउँपालीकाबाट ५ जना, पाणिनी गाउँपालीकाबाट ३ जना र छत्रदेव गाउँपालीकाबाट ३ जना गरी ३८ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन । यससंगै जिल्लामा हालसम्म ९७९ जनाले कोरोनालाई जितेका छन ।
यस्तै सुक्रवार थप ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा १० जना,भुमिकास्थानमा ४ जना, शितगंगा नगरपालीकामा २१ जना, मालारानी गाउँपालीकामा २ जना, पाणिनी गाउँपालीकामा २ जना र छत्रदेव गाउँपालीकामा १६ जना गरी ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १७ सय ९९ पुगेको छ । अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ७७५ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ३३२ जना, भुमिकास्थान नगरपालीमा १८६, शितगंगा नगरपालीकामा ५० जना, मालारानि गाउँपालीकामा ६४ जना, पाणिनि गाउँपालीकामा ३९ जना र छत्रदेव गाउँपालीकामा १०४ जना गरी ७७५ जना सक्रिय संक्रमित रहेका छन ।
यस्तै संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको ज्यान गएको छ । जिल्लाको मालारानी गाउँपालीका वडानं। ७ का ७८ बर्षीय पुरुष र सन्धिखर्क नगरपालीका १ का ३१ बर्षीय पुरुषको अर्घाखाँची अस्पतालमा ज्यान गएको हो । यससंगै जिल्लामा हालसम्म ४५ जनाको भने कोरोना संक्रमणका कारण ज्यान गएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभयो ।