गुल्मी । पछिल्लो समय कोरोना संक्रमण को सन्दर्भमा ब्यक्ति अनुसारका आ- आफ्नै टिका ट्पिणी हरु हुन थालेका छन् । त्यसैले समाजिक सञ्जालमा हुने गरेका टिप्पणी हरुले संक्रमितमा भय पैदा हुने र मनोबल कमजोर बनाउने गरेको छ । मिति २०७८ जेष्ठ ३ गते धुर्कोट गाउँपालिका-३ हाडहाडे गुल्मीमा २० जनामा गरिएको एन्टीजेन परिक्षणमा १० जनामा संक्रमण पोजिटिभ देखिएको थियो ।
संक्रमण पुष्टि भएका व्यक्तिहरूको मनोबल बढाउनका लागी श्री भगवती युवा क्लव धुर्कोट -३ हाडहाडे गुल्मीले सामाजिक दूरी कायम गरी सावधानीका साथ प्रत्येक सङ्क्रमितहरुलाई भेटेर परामर्शदाता द्वारा परामर्श दिनुको साथै फलफूल, अण्डा तथा माक्स वितरण गरेको क्लव का सचिव सरोज खत्रीले जानकारी दिनु भएको छ ।
कोरोना सङ्क्रमितहरुको अवस्था सामान्य रहेकोले आवश्यक परेको समयमा सहयोग गर्न आफूहरु तयार रहेको क्लवका अध्यक्ष यम खत्रीले बताउनु भएको छ ।त्यस्तै धुर्कोट-३ हाडहाडे गुल्मीका महिला वडासदस्य सावित्रा बस्नेतले बिरामीहरू लाई सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
हाडहाडे बासीलाई कोरोना को समयमा जथाभावी हिँडडुल नगर्न, जमघट नगर्न, घरबाहिर निस्कदा मास्क प्रयोग गर्न र कोरोना संक्रमणको लक्ष्यण को बारेमा जानकारी दिँदै त्यस बाट बच्न अपनाउनु पर्ने कुरा मा सजग रहन सूचित गरिएको क्लवका सदस्य चेतना थापा क्षेत्री तथा गोविन्द विक ले जानाकारी दिनुभएको छ ।