कोरोना संक्रमण चक्र: उपत्यकामा स्थिर,बाहिर बढ्दो
  • CIA Khabar

  • काठमाडौँ । एक सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या स्थिर छ । दुई साताअघिको तुलनामा घटेर २ हजार ५ सयजनाको सेरोफेरोमा संक्रमण चक्र घुमिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । उपत्यकामा शनिबार २ हजार ३ सय २० जना, शुक्रबार २ हजार ४ सय २७, बिहीबार २ हजार २ सय ३२, बुधबार २ हजार ४ सय ८६, मंगलबार २ हजार ५ सय २३ नयाँ संक्रमित थपिएका थिए । उपत्यकाको मात्र तथ्यांकलाई विश्लेषण गर्दा भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंमा चौगुना बढी संक्रमित थपिएका छन् ।

    एक सातायता संक्रमणको चक्र उपत्यकाबाहिरका गाउँगाउँमा तथा एक प्रदेशबाट अर्को प्रदेशमा बढेर गएको मन्त्रालयको तथ्यांकले औंल्याएको छ । दुई साताअघिसम्म वाग्मती, लुम्बिनी र गण्डकीमा तीव्र रूपमा फैलिएको संक्रमण अहिले सुदूरपश्चिम, प्रदेश १ र २ मा बढ्दो क्रममा छ । त्यसैगरी सहरमा घरपरिवारभित्रै र गाउँमा समुदायमै कोरोना संक्रमण फैलिने क्रम जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ ।

    ‘अहिले संक्रमण वाग्मती र लुम्बिनी प्रदेशमा घट्दै गएको तर प्रदेश १, २ र सुदूरपश्चिम प्रदेशमा बढ्दै गएको छ,’ मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने । गाउँमा संक्रमण बढ्दा उपचारमा प्राविधिक हिसाबले कठिनाइ हुने भएकाले क्षति बढ्न सक्ने उनको आँकलन छ । गाउँमा निषेधाज्ञा राम्रोसित पालना नभएकाले त्यहाँको संक्रमण दर बढ्दो क्रममा रहेको मन्त्रालयको दाबी छ । प्रवक्ता गौतमका अनुसार हालै गरिएको सर्वेक्षणअनुसार ६० प्रतिशत मानिस निषेधाज्ञाको बेवास्ता गर्दै अहिले पनि हिडडुल गरिरहेको पाइएको छ । कोरोना संक्रमण हिडडुल र भेटघाटकै क्रममा सर्ने भएकाले अन्य प्रदेशमा पनि क्रमशः बढ्दै गएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • ९ जेष्ठ २०७८, आईतवार १४:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images