अहिले कांग्रेस प्रचण्डपथ अंगिकार गरेर कुदिरहेछ : प्रधानमन्त्री ओली
  • CIA Khabar

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि भइरहेको प्रहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । साथै उनले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने जिकिर पनि गरे ।

    आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरूसँगको कार्यक्रममा उनले धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार भएको दाबी गरे । राष्ट्रपतिको अधिकारविरुद्ध प्रश्‍न गर्न नपाइने प्रधानमन्त्री ओलीको भनाइ छ ।

    उनले राष्ट्रपतिको अधिकार नमान्ने, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृत्ति देखिएको बताए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि दिएको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए ।

    त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ जना गरी १५३ सांसदको समर्थन रहेको दावी पेश गरेका थिए । तर राष्ट्रपतिले दुबैको आधार नपुगेको भन्दै धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति गर्न अस्वीकार गरेकी थिइन् ।

    प्रधानमन्त्री ओलीले आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी नेपाली कांग्रेस अहिले प्रचण्डपथ अंगिकार गरेर सत्ता कब्जाको बाटोमा लागेको आरोप पनि लगाए ।

    प्रधानमन्त्री ओलीले सरकार महामारी नियन्त्रणमा पुरै लागेको लागेको बताउँदै सरकार अब सबैलाई खोप लगाउने कुरामा केन्द्रित हुने बताए ।

  • ९ जेष्ठ २०७८, आईतवार १७:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images