काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम, नियन्त्रणमा केन्द्रित रहेर आगामी बजेट आउने जानकारी दिनुभएको छ । सस्तो लोकप्रियता कमाउने गरी बजेट नआउने भन्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर बजेट आउने प्रष्ट पार्नुभएको हो ।
प्रेस चौतारी नेपालले आज आयोजना गरेको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले संबैधानिक ब्यवस्थाअनुसार अध्यादेशमार्फत बजेट आउने जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले विकास निर्माणलाई निरन्तरता दिए पनि कोभिड केन्द्रित बजेट ल्याउने प्रष्ट पार्नुभयो ।
‘दुरगामी महत्वको बजेट आउँछ, जनताको ज्यान जोगाउनेतिरै केन्द्रित रहन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अर्थतन्त्रको भविष्यप्रति गैरजिम्मेवार भएर बजेट आउँदैन । विकास निर्माणलाई निरन्तरता त दिन्छौं तर कोभिड केन्द्रित हुन्छौं । जनताको ज्यान जोगाउने कुरा नै अहिलेको लागि पहिलो प्राथमिकता हो ।’
नेपालको संबिधानअनुसार जेठ १५ गते बजेट ल्याउनै पर्ने बाध्यता छ । प्रतिनिधिसभा बिघटन भइसकेको कारण अव अध्यादेशमार्फत बजेट सार्वजनिक हुनेछ ।