नेविसंद्वारा संसद् विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
  • CIA Khabar

  • काठमाडौ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रतिनिधिसभा विघटनको विरोधमा कलंकीमा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा असंवैधानिक रुपमा राष्ट्रपति भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेपछि काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष, जनमोर्चा लगायत दल र तिनका भ्रातृ संघ संगठनहरु विरोधमा उत्रिएका छन् ।

    त्यही विरोधअन्तगर्त नेविसंघकी महामन्त्री उर्मिला थपलियाको नेतृत्वमा मसाल जुलुस र पुत्ला दहन गरिएको हो । प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरी पुत्ला खोसेर तितरबितर पारेको थियो ।

  • ९ जेष्ठ २०७८, आईतवार २३:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images