एमाले स्थायी कमिटी बैठक बस्दै, स्पष्टीकरण सोधिएकालाई थप कारबाहीको तयारी
  • CIA Khabar

  • काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक डाकेका छन् ।

    बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको नेता सुवास नेम्वाङले जानकारी दिए ।

    आजको बैठकमा पार्टी अनुशासनविपरित विपक्षी दलसँग मोर्चाबन्दी गरेका नेता माधव कुमार नेपालसहितका ११ जनालाई थप कारबाही गर्ने लगायतका विषयमा छलफलको तयारी भएको नेताहरूले जनाएका छन् ।

    यसअघि बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोधेको थियो । तर उनीहरूले अहिलेसम्म प्रष्टीकरण बुझाएका छैनन् ।

    बैठकमा घोषित आगामी चुनावको तयारी तथा विपक्षी दलहरूले गरिरहेको विरोधका विषयमा पनि छलफल गर्ने तयारी छ ।

  • १० जेष्ठ २०७८, सोमबार ११:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images