काठमाडौँ । विश्वमा कोरोना महामारी फैलनुअघि नै चीनको वुहानस्थित ल्याबका तीन शोधकर्ता बिरामी परेको खुलासा भएको छ ।
अमेरिकी एक गुप्तचर प्रतिवेदनलाई आधार मान्दै वालस्ट्रीट जर्नलले यस्तो खुलासा गरेको हो ।
अमेरिकी गुप्तचर प्रतिवेदनका अनुसार चीनको वुहान स्थित वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीका तीन अनुसन्धानकर्ता सन् २०१९ को नोभेम्बरमा बिरामी परेका थिए । उनीहरू बिरामी परेको समयावधि महामारी फैलनुभन्दा एक महिना अघि रहेको दाबी जर्नलले गरेको छ ।
उनीहरू बिरामी परेपछि अस्पतालबाट उपचारको सहयता मागिएको पनि समाचारमा उल्लेख छ ।
अमेरिकाले तयार पारेको सो प्रतिवेदनमा वुहानस्थित एक ल्याबमा बिरामी परेका चिनियाँ शोधकर्ताहरूको संख्या, उनीहरू बिरामी परेको समय र अस्पताल गएको लगायत विस्तृत जानकारी राखिएको छ ।
अमेरिकाले कोरोना महामारी चीनबाटै फैलिएको आरोप लगाउँदै आएको छ । यो प्रतिवदेन सार्वजनिक भएसँगै कोरोना महामारी चीनबाटै फैलिएको भन्ने अमेरिकी तर्कमा बल पुग्ने वालस्ट्रीटले जनाएको छ ।