स्पष्टीकरण सोध्ने उपेन्द्रलाई कानुनी रुपमै सिध्याए महन्थले !
  • CIA Khabar

  • काठमाडौ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र-बाबुराम समूहको केन्द्रीय कार्यकारिणी समिति बैठकलाई कानुनी रुपमै अवैध ठहर्यादिनुभएको छ ।

    मधेस मुद्दा छाडेर, माग सम्बोधन भएका निर्णय पनि नमान्ने भनेर प्रचण्ड, माधव नेपालहरुको पछाडि लागेर धेरै उम्लिरहेका उपेन्द्र र बाबुरामले शनिवार आफ्नो समूहको बैठक राखेर अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेतालाई कारवाही गर्ने निर्णय गरेको थियो । साथै प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरूमाथि छानबिन गर्ने निर्णय गरेको थियो । उपेन्द्र समूहले स्पष्टीकरण सोध्ने निर्णय गरेका बेला महन्थले उक्त बैठक नै अवैधानिक भएको भन्दै निर्वाचन आयोगमा जानकारी गराएर चुनौती दिनुभएको छ । प्रथम अध्यक्ष र संसदीय दलको नेता उपस्थित नभएको बैठकलाई उनले आधिकारिक रुपमै र कानुनी रुपमै अवैधानिक बनाईदिनुभएको हो ।

    आइतवार विज्ञप्ति जारी गरेर अध्यक्ष ठाकुरले बालकुमारीमा जेठ ८ र ९ गते तय भएको बैठक बढ्दो कोभिड महामारी र निषेधाज्ञाको असहजताका कारण स्थगित भएको जानकारी सम्पूर्ण कार्यकारिणी समिति सदस्यहरुलाई गराइसकेको अवस्था तथाकथित गोप्य स्थानमा गरिएको भनिएको बैठकप्रति गम्भीर ध्यानार्कषण जनाउनुभएको छ । बैठक स्थगित गरिएको स्थितिमा बसेको कार्यकारिणी समितिको भनिएको बैठक र त्यस्तो कथित बैठकबाट गरिने सबै निर्णयहरु अमान्य हुने व्यहोरा ठाकुरले निर्वाचन आयोगलाई जानकारी गराउनुभएको हो । जसपामा ठाकुर पक्ष एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली निकट छ । मधेसका मुद्दा पनि सम्बोधन गराउन सफल भएको छ । तर विपक्षी मोर्चामा सामेल भएको उपेन्द्र-बाबुराम समूह मधेस मुद्दा छोडेर राष्ट्रिय शक्ति बन्ने भन्दै नयाँ सत्ताका लागि लागिपरेको छ ।

  • १० जेष्ठ २०७८, सोमबार १२:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images