काठमाडौँ– विपक्षी गठबन्धनले सर्वोच्चमा दायर गर्ने रिटमा एमालेको माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।
संसद पुन: स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गराउन परमादेश माग गर्दै सर्वोच्चमा दायर हुँदै गरेको रिटमा नेपाल समूहका २३ जान सांसदले हस्ताक्षर गरेको सांसद विरोध खतिवडाले जानकारी दिए ।
उनले भने, कोही जिल्लामा जानुभएको छ । कोही कोभिड भएका कारण उपस्थित हुन सक्नुभएन । आज हामी २३ जनाले हस्ताक्षर गरेका छौं ।
अदालतमा शशरीर उपस्थित हुन लागेको भन्दै उनले सनाखत आवश्यक पर्दा समेत सबै सांसद उपस्थित हुने दाबी गरे । उनले अहिले २३ सांसदले हस्ताक्षर गरेको भएपनि त्यो संख्या बढ्ने दाबी समेत गरे ।
विपक्ष गठबन्धन अहिले रिट लिएर सर्वोच्च अदालत पुगिसकेको छ ।