काठमाडौं । कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) समीरचन्द्र खरेलको निधन भएको छ । नेपाल प्रहरी अस्पतालमा सोमबार खरेलको निधन भएको हो । उनी संगठनमा इमान्दार र व्यवसायीक अधिकृतको रुपमा परिचित थिए ।
खरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए । प्रहरी अस्पतालमा जेठ ६ मा राति महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीले पनि ज्यान गुमाएका थिए । वैशाख २२ संक्रमण भएपछि केसीलाई सो अस्पतालमा भर्ना गरिएको थियो ।