‘ओली–विद्या प्रतिक्रान्तिविरुद्ध’ यो वारपारको लडाइँ हो : डा. भट्टराई
  • CIA Khabar

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘ओली–विद्या प्रतिक्रान्ति विरुद्ध’को कानूनी तथा राजनीतिक लडाइँमा एकताबद्ध हुन आग्रह गरेका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । स्वास्थ्य स्थितिका कारण सर्वाेच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमा माग्दै उनले यो वारपारको लडाइँ भएकाले खुट्टा नकपाउन आग्रह समेत गरेका छन् ।

    उनले लेखेका छन्, ‘स्वास्थ्य स्थितिका कारण सर्वोच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमाप्रार्थी हुँदै ओली–विद्या प्रतिक्रान्ति विरुद्धको कानूनी तथा राजनीतिक लडाइँमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल, नागरिक आन्दोलनकारी र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु । यो वारपारको लडाइँ हो, खुट्टा नकपाऊँ ।’

  • १० जेष्ठ २०७८, सोमबार २१:२२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images