एमालेद्वारा माधव समूहका ११ निवर्तमान सांसदलाई निष्काशित
  • CIA Khabar

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले माधवकुमार नेपाल समूहका ११ जना निवर्तमान सांसदहरुलाई साधारण सदस्यता समेत नरहने गरी निष्कासित कारवाही गरेको छ ।

    आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास वालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले ११ जनालाई पार्टीको नीति, विधान तथा ह्वीप उल्लंघन गरेको भन्दै साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको हो ।

    धवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई कारवाही गरेको हो । उहाँहरुलाई यसअघि ८ जेठमा बसेको स्थायी कमिटीले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो । स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नआएकाले कारवाही गरिएको एमालेले जनाएको छ ।

    माधव समूहका २६ जना निवर्तमान सांसदहरुले आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको सिफारिसमा समेत हस्ताक्षर गर्नुभएको थियो । जसमा १५ जनाको हस्ताक्षर दुरुपयोग तथा आत्मालोचना गरिसकेकाले १५ जनालाई कारवाही नगरिएको एमालेले जनाएको छ । त्यस्तै आज अदालतमा संसद पुनस्र्थापना तथा देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने रिटमा माधव पक्षका २३ जनाले हस्ताक्षर गर्नुभएको छ ।

  • १० जेष्ठ २०७८, सोमबार २३:१० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images