गणेश पहाडी र पवित्रा निरौलाको हस्ताक्षर पनि कीर्ते गरेको पुष्टि
  • CIA Khabar

  • काठमाडौं । माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि आफू निकटका नेताको हस्ताक्षर दुरूपयोग गरेको थप पुष्टि भएको छ । एमालेका नेताहरू गणेश पहाडी र पवित्रा निरौला खरेलले आज सनाखत गर्ने कार्यक्रममा सहभागी नभएर हस्ताक्षर कीर्ते भएको प्रमाणित गराउनुभएको हो ।

    उहाँहरूले माधवकुमार नेपाल आफै प्रधानमन्त्री बन्ने प्रयोजनका लागि हस्ताक्षर मागेर देउवाका लागि प्रयोग गरेको भन्दै आपत्ति प्रकाट गर्नुभएको हो ।

    यसअघि लोकप्रिय नेता गोकर्ण विष्टले आफ्नो हस्ताक्षर दुरूपयोग भएकोमा असन्तुष्टि जनाउनुभएको थियो भने योगेश भट्टराइले सार्वजनिक रूपमै टिप्पणी गर्दै आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ । विघटित प्रतिनिधिसभामा नेपाल पक्ष भनिएका सांसद अब समानुपातिकसहित जम्मा २३ मै सीमित भएको छ ।

  • १० जेष्ठ २०७८, सोमबार २३:१७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images